हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना वडा प्रहरीद्वारा पक्राउ 

हेटौंडा । संविधान दिवसको दिन हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना युवालाई वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको टोलीले पक्राउ गरेको छ। 


सोमबार साँझ हेटौडा-४ हुप्राचौर स्थित बिर गोर्खाली समुह मकवानपुरको जिल्ला अध्यक्ष बिरेन्द्र श्रेष्ठ को नेतृत्वमा रहेको ५ जनाको समुहले नेपालको संविधानको बिरोधमा संविधान जलाउन खोजेपछि पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।उनीहरुलाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपानेको टोली संविधान जलाउन प्रयोगमा हुने सामग्री सहित नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। 


उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र आज कानुनी प्रकृया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्।-prastakhabar

समाचार समाज