थपिए ७४ संक्रमित, १६० जना कोरोनामुक्त

देशभर पछिल्लो समय ३ हजार ५१२ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १६० जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने हालसम्म संक्रमणबाट १२ हजार १६ जनाको मृत्यु भएको छ।

१ हजार ६१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

समाचार समाज