भीमफेदी बस दुर्घटनाः मृतक मध्य ५ जनाको नाम खुल्यो, २ जनाको अझै बाँकी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरीखेतमा भएको बस दुर्घटनामा मृतक ७ जना मध्य अहिले सम्म ६ जनाको नाम पहिचान भएको छ । अरु  १ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

मृतक मध्यमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी-३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज-३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको जनाइएको छ।

बस दुर्घटनामा घाइते भएका २५ जना मध्यमा १९ पुरुष, ४ महिला र २ बालिका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना गम्भिर अवस्थामा रहेकाहरुलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अरुको हेटौंडाका अस्पतालमा उपचार भइरहेको छ ।

समाचार समाज स्थानीय