नेपाल टेलिकमकाे ‘दशैँ अफर’

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आज (आइतबार) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैँ अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याक अन्तर्गत रू २९४ मा २० जीबी डाटा १० दिनभित्र र रू ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले बताएकाे छ ।

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक रू ४९ मा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले बताएकाे छ ।

टेलिकमका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रू २०० देखि रू ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रू ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको नि: शुल्क भ्वाइस ओभर (भोल्टे) सेवा पनि उपलब्ध गराइएकाे टेलिकम बताएकाे छ ।

समाचार