प्रचण्ड आज आफ्नै नयाँ घरमा सर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्।  

आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।

उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनासाथ चितवन पुगेका हुन्। 

चुनावी प्रचार र पार्टी कामका लागि उनी हिजो चितवन पुगेका थिए। आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन पुगेका प्रचण्डले त्यहाँ विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ।

उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन्। हिजो मात्रै उनले अन्य पार्टीका केही कार्यकर्तालाई माओवादी केन्द्रमा भित्र्याए।

राजनीति समाचार