आजको मौसम : पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली

मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। 

गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

अन्य भुभागको मौसमसामान्यतया सफा रहनेछ। राति पनि देशभरको मौसम सामान्यतया सफा  रहने महाशाखाले जनाएको छ । 

समाचार समाज