सल्यानमा जीप दुर्घटना, दुईजनाको मृत्यु

सल्यान : कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

गाउँपािलकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको छ। घाइतेको संख्याबारे एकिन भएको प्रहरीले जनाएको छ ।   

समाचार समाज