बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने 

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू २० गते नेपाल आइपुग्ने लामिछानेले आफु निर्दोष रहेको र न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् ।

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । उनी हाल कुन देशमा छन् भन्ने स्पष्ट भएको छैन ।

खेलकुद समाचार