आज महासप्तमी : कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी। आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ।

कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ।

समाचार समाज