सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै 

बलात्कार आरोपमा प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ। 

गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो। सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो। 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। 

असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए। 

खेलकुद समाचार समाज