अख्तियारको हेटौंडा कार्यालयद्वारा घुस रकम सहित एक जना पक्राउ  

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयद्वारा घुस रकम सहित एक जना पक्राउ गरेको छ । अख्तियारले जिल्ला प्रशासन कार्यालय पर्षामा मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई घुस रकम सहित पक्राउ गरिएको हो ।

रोक्का रहेको जग्गा फुकुवा गरिदिन सहजीकरण गर्न भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको कार्यालयबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरिएको अख्तियार हेटौंडाका सूचना अधिकारी बिष्णुप्रभा सापकोटाले बताउनुभयो ।

घुस रिसवतवापतको रकम लिईसकेको अवस्थामा निज कार्यरत कार्यालयबाटै आज उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ।

समाचार समाज