बागमती गाउँपालिकामा  मानव कंकाल फेला  

हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकामा  मानव कंकाल फेला परेको छ। 


मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती-१ राइगाउ नजिक उक्त मानव कंकाल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त कंकाल काठमाडौंबाट बग्दै आउने बागमती नदि किनारामा  फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।  

सडेगलेको अवस्थामा स्थानीय उक्त मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल नदीले बगाएर ल्याएको कुनै व्यक्तिको हुन सक्ने  मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए ।कंकाल परिक्षणका लागी हेटौंडा अस्पताल ल्याइएको छ।prastakhabar

समाचार समाज स्थानीय