यस्तो छ आजको मौसम

 बुधबार देशका धेरै स्थानमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । महाशाखाका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ।

बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ।  महाशाखाले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

समाचार समाज