बकैया–१२ जितपुर भञ्ज्याङस्थित फाष्ट ट्र्याक निर्माणको लागि राखिएको निर्माण सामाग्री चोरी गर्ने चार जना पक्राउ

मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङस्थितमा फाष्ट ट्र्याक निर्माणको लागि राखिएको फलामको सामनहरु (निर्माण सामाग्री) चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बिक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन् ।

प्रहरीका अनुसार फलामको सामनहरु अन्दाजी १२/१३ क्वीन्टल बराबरको रहेको छ। उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको बताईएको छ ।

समाचार समाज स्थानीय