झुरझुरेमा मोटरसाइकल दुर्घटना,बकैयाका दाहाल सहित निजका छोरा छोरी घाइते 

हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-४ झुरझुरेमा मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालक बकैया-५ का प्रल्हाद दाहाल सहित निजका छोरा छोरी घाइते भएका छन्। 
शुक्रबार साँझ भित्री बाटोबाट सडकखण्ड तर्फ आउदै गरेको  ना ६ त ८३०२ नम्बरको ट्याक्टरमा  फापरबारीबाट  सिन्धुली तर्फ जादै गरेको प्रदेश ३-०३००१ प ७०५७ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुदा दाहाल सहित मोटरसाइकलमा सवार निजको अन्दाजी ११ बर्षीया छोरी  प्रतिक्षा दाहाल र अन्दाजी ८ बर्षीय छोरा प्रशान्त दाहाल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। 
घाइते सबै खतरामुक्त रहेको र हेटौंडामा उपचार भइरहेको जनाइएको छ। ठक्कर दिने ट्याक्टर तथा चालक  ईलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको जनाइएको छ।

समाचार समाज स्थानीय