हेटौंडा-१२ मा खोल्सामा डुबेर एकजनाको मृत्यु 

हेटौंडा । मकवानपुरको हेटौंडामा खोल्सामा खसेर डुब्दा एकजनाको मृत्यु भएको छ।बिहीबार (आज) बिहान हेटौडा -१२ कल्याणटारका ५७ बर्षीय कृष्ण बम्जन बाटोमा हिड्ने क्रममा  कल्याणटार खोल्सामा खसेर मृत्यु भएको जनाइएको छ।

खोल्सामा डुबेको अवस्थामा स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्

समाचार समाज