प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु  

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। 

त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। 

प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन्। 

कात्तिक २६ गतेसम्म संचालन हुने प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्।

खेलकुद समाचार