छठपर्वले नेपालीबीचको सद्भाव वृद्धि गरोस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

छठपर्व, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेकी छिन्।

‘छठपर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु’, उनको सन्देशमा उल्लेख छ।

राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

राजनीति समाचार