यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै 

 यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ। 

 बंगलादेशको ढाकामा जारी पहिलो खेलमा नेपालले भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानबीचको खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। 

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ। नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ।

भुटान पनि पहिलो जितको खोजीमा रहेको छ।  मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

खेलकुद