स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु 

हेटौंडा – स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सामाखुसी बस्ने बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।

काठमाण्डौको लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मोन्टेसरी स्कूलको कक्षा ५ मा अध्ययनरत दाहाल बा १ क ४६४२ नम्बरको बसमा घर फर्किएका थिए । सोही क्रममा बसको पछाडि सिटको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।

रुखमा टाउको ठोक्किएर गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बालकको राति सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको सम्बन्धमा प्रहरी वृत्त दरवारमार्गबाट अनुसन्धान भइरहेको जनाईको छ ।

समाचार समाज