नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमबीच छुट सम्झौता 

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमबीच छुट सम्झौता भएको छ।

बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं वार्षिकोत्सवको अवसर र दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता १७ कात्तिकमा बैंकको प्रधान कार्यालय  भएको हो।

यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख श्री अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ।

यस बैंकले नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको छ। हाल बैंक ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी  रुपमा अगाडि बढिरहेको छ।

यस बैंकको ८६ औं वार्षिकोत्सव कार्तिक ३० गते आउँदै छ। यस अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भव्‍य रूपमा मनाउने क्रममा डिजिटल बैंकिङ सेवाहरुमा आकर्षक छुटका योजना ल्याएको हो।

समाचार