मकवानपुरगढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरको कृष्ण भगवानको मुर्तिको बाँसुरी परिवर्तन  

हेटौंडा – धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित मकवानपुरगढी दरवार परिसरमा हरिबोधनी एकादशीमा भक्तजनहरु तथा मेला हेर्नेको ठुलो भिड लाग्ने गरेको छ

हरिबोधनी एकादशीको अवसरमा मकवानपुरगढी दरवारमा रहेको वंशगोपाल मन्दिरको कृष्ण भगवानको मुर्तिको बाँसुरी परिवर्तन गरिएको छ ।

शुक्रबार विहानै स्थानीय युवा व्यवसायी कुमार दियाली ले मन्दिरमै पुगेर मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रिनलाई बाँसुरी हस्तान्तरण गेरका हुन् ।

उक्त बाँसुरी दियालीको सहयोगमा परिवर्तन गरिएको हो । पञ्चधातुबाट बनाईएको बाँसुरीलाई कृष्ण मुर्तिमा राखिएको वडाध्यक्ष पाख्रिनले बताए । ‘मुर्तिको पहिलेको बाँसुरी सानो थियो, अहिले ठुलो राखिएको हो ।’ वडाध्यक्ष पाख्रिनले भने ।

गत बर्षको तुलनामा यस बर्ष मन्दिर दर्शन र मेला हेर्न आउने मानिसको बढी भिड लागेको वडाध्यक्ष पाख्रिनले बताए |

समाचार समाज स्थानीय