आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा 

भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।

आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।

अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।

यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।

४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। 

खेलकुद