निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण बैठकले अबदेखि कडाइ गर्ने निर्णय गरेको हो।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार बैठकले स्कुल भ्यानमा उल्टो सिट बनाएर विद्यार्थीहरूलाई चढाई बस चलाउन नपाइने निर्णय गरेको छ।