थप २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५७० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार समाज