चुनाव बिथोल्न ‘विप्लव’ नेकपाले थाल्यो भित्तेलेखन

हेटौंडा : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मकवानपुरमा भित्तेलेखन गरेको छ।

नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो। नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताए।

जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेको  उनको भनाइ छ। यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र भएको उनल  बताए।

सचिवालय सदस्य घलानले निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने पनि बताए।

राजनीति समाचार