भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु 

 भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। पाँचजना घाइते भएका छन्।

मृतकको पहिचान खुलिनसकेको अध्यक्ष उपाध्यायले बताए। ‘थुप्रै घर भत्किएको छ’ उनले भने, पशुचौपायाको क्षतिबारे विवरण आइसकेको छैन।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्रविन्दुबनाएर २ः१२ बजे ६.६ रेक्टरस्केलको भूकम्प गएको हो।

समाचार