डेंगुका कारण प्रदेशसभा उम्मेदवारको निधन

विराटनगर :  डेंगु संक्रमणको उपचार गराइ रहेका मोरंग-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उमेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

 मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए।

हिजो बेलुका १०: 30 बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आइसियुमा राखिएको थियो।

प्रदेश - १ प्रदेश समाचार समाचार