प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

 प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। 

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।

शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। 

खेलकुद