हेटौडा- १० राप्तीखोलाको छेउमा शालनाल सहितको शिशुको शव 

हेटौंडा।मकवानपुरको हेटौंडामा सालनाल सहितको शिशुको शव फेला परेको छ।

हेटौडा- १० राप्तीखोलाको छेउमा हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा सालनाल सहितको शव भेटिएको हो। 

बोरा भित्र प्याक गरिएको अवस्थमा अन्दाजी ८/९ महिनाको सालनाल सहितको शिशु (बालिका) शव  फेला परेको र खबर प्राप्त हुनासाथा घटनास्थलमा प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली पुगिसकेको जनाइएको छ।

डम्पिङ् साइडमा उपमहानगरपालिको ना ४ त २६९८ नम्बरको फोहर बोक्ने ट्याक्टरले महानगरको बिभिन्न स्थानहरुबाट ल्याएको फोहोरलाई  जलाउने र नजलाउने फोहोर व्यवस्थापनका क्रममा उक्त शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन्।

घटनास्थलको मुचुल्का गर्ने काम सकेर शवलाईहेटौंडा अस्पताल ल्याइएको र आवश्यक अनुसन्धान सुरु गरिसकेको डिएसपी कार्कीले बताएका छन्।

समाचार समाज स्थानीय