हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित

धनगढी : हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ। धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको हो। 

 धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको जानकारी दिए। 

हुस्सुका कारण भिजिबिलिटी नभएकाल] उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ। तर उपकरणको परीक्षण नभएकाले प्रयोगमा आएको छैन। ​

ठूला जहाजलाई कम्तीमा एक हजार ६०० मिटरको भिजिबिलिटी आवश्यक हुने भट्टले बताए।

राजनीति समाचार