मौन अवधिदेखि मतगणनासम्म मादक पदार्थ बिक्री वितरण निषेध  

हेटौंडा । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 
केन्द्रिय आचारसंहीता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन सम्पन्न गराउन निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको जानकारी दिए ।
बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहीता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहीता उल्लंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फछ्र्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता उल्लंघन हुन नदिन आयोग सक्षम रहेको दावी गरे ।

समाचार