चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तु मरेका छन्। सबैभन्दा बढी २८ चित्तल छन्। 

कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९\८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई एकसिंगे गैँडा मेरका छन्। एउटा प्राकृतिक कारणबाट र एउटा करेन्ट लागेर मृत्यु भएको छ।

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए।

त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायो पनि मरेका छन्। एउटा बँदेलको पनि मृत्यु भएको छ। निकुञ्जमा सबैभन्दा अहिले सबैभन्दा बढी चित्तल रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। 

समाचार समाज