चुनावको मुखमै कांग्रेस मकवानपुरले गर्यो १६ जनालाई कारबाही, को को परे ? 

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले निर्वाचनको सम्मुखमा आफ्नो १६ जना जिल्ला नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

जिल्ला अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारवाही गरेको जनाएको छ ।

समितिका संयोजक प्रभातकुमार दाहालले १६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी दिए ।

कारबाही पर्नेहरुमा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशिल सदस्य रमेश ढकाल, सुजन गोपाली, निराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् ।-khabarbreak

No description available.

समाचार समाज