ईपास्थित गंगटे जंगलको खोल्सामा  कमाने बस्ने कृष्ण मोक्तान मृत भेटिए

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ ईपास्थित गंगटे जंगलको खोल्सामा एक युवक मृत भेटिएका छन् ।

शुक्रबार दिउँसो स्थानीय शव देखेपछि प्रहरीले खबर गरेका थिए । हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमाने बस्ने २४ बर्षीय कृष्ण मोक्तान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) टेक बहादुर कार्कीले जानकारी दिए ।

घटनास्थलको प्रकृति हेर्दा मोक्तानको लडेर मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

कार्की अनुसार युवक दुई/तीन दिनदेखि परिवारबाट सम्पर्क बिहिन थिए । आफन्तसहित घटनास्थलमा पुगेर शव परिक्षणको लागि अस्पताल ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।

समाचार समाज