निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटा : साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका शुक्रबार अपराह्न मृत्यु भएको हो। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन्। 

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्। प्रहरीका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो।

समाचार समाज