१०५ वर्षीय वृद्धले गरे मतदान  

चितवनमा १ सय ५ वर्षीय वृद्धले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर १ पर्ने रत्ननगर नगरपालिका- १६ का १ सय ५ वर्षीय तारानाथ नेपालले मतदान गरेका हुन् ।

वि.सं १९७४ मा जन्मिएका नेपालले आज बिहान भद्रकाली माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी रत्ननगर नगरपालिकाकै ज्येष्ठ मतदाता हुन् ।
 

राजनीति समाचार