मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका गुरुङ विजयी 

गण्डकी । मुस्ताङको प्रदेशसभा १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा ९२० को मतगणना जारी छ ।

राजनीति समाचार समाज