भारतीय सुप्रसिद्ध कथावाचक भाईश्री गुप्तेश्वर पांडेय हेटौंडामा

हेटौंडा । भारतीय सुप्रसिद्ध कथावाचक एव भारतको बिहारको पूर्व प्रहरी महानिर्देशक भाईश्री गुप्तेश्वर पांडेयजी धार्मिक भ्रमणका क्रममा हेटौंडा आईपुगेका छन् । 
उनी एक हप्ते नेपाल भ्रमणको लागी नेपालको बिरगंजबाट हेटौंडा आईपुगेका हुन् । उनले आइतबार हेटौंडामा रहेको भूटनदेवी माताको दर्शन गरेका छन् । 
उनी संगै भारतबाट अमी भूषण, कृष्णमोहन झा, राजकुमार सिधि पनि धार्मिक भ्रमणका लागि नेपाल आएका थिए । पांडेय सहितको सम्पूर्ण टिम चितवन, पोखरा हुँदै काठमाडौंमा रहेको धार्मिक तथा मठ मन्दिरको दर्शन गर्दै पुनः भारत फर्कने भारत विश्व मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनालीले जानकारी दिए  ।
उनलाई लायन्स क्लव अफ मकवानपुर हेल्प डेक्सका ध्रुवराज ढकाल, भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, सदस्य शर्मिला श्रेष्ठ लगायतकाले हेटौंडाम स्वागत गरेका थिए ।-prastakhabar

समाचार समाज