मकवानपुरमा ७९ केजी लागूऔषध गाँजा बरामद

मकवापनुरमा लागुऔषध लोड गर्दागर्दै प्रहरीले एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका–६ कत्लेखोलास्थित पुर्वपश्चिम सडक खण्डमा लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा डब्लु बि ५९सि६७३५ नम्बरको ईन्डियन ट्रकलाई नियन्त्रणमा लिएको हो ।

विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मनहरी र सशस्त्र प्रहरी बल आई।आर।टी पोष्ट कत्लेखोलाबाट खटिएको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । ट्रकभित्र पलास्टिको बोरामा प्याक गरेर लुकाई छिपाई राखेको ७९ किलोग्राम (१२ वटा पोका) लागुऔषध गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागुऔषध लागुऔषध लोड गर्ने र ओसारपसारमा संलग्न ब्यक्तिको नाम प्रहरीले खुलाएको छैन । प्रहरीले लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार