हेटौँडाको हुप्राचौरमा रहेको राजा विरेन्द्रको शालिक सुरक्षाको माग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौर परिषरमा रहेको शाहाकालिन राजा विरेन्द्रका्े शालिक सुरक्षाको माग गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत पुरातत्व विभागलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । हुप्राचौर क्षेत्र निरन्तर अतिक्रमण हुँदा त्यस क्षेत्रमा रहेको शालिक सुरक्षित नभएको भन्दै राप्रपा निकट नेताहरुहको समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत विभागलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाको तर्फबाट गत मंसिर ४ गते सम्पन्न प्रलेशसभा निर्वाचनमा मकवानपुर १‘२’बाट उम्मेद्वार रहेका गुञ्जनबहादुर न्यौपानेको टोलीले प्रशासन कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो । शाहको शालिक ऐतिहासिक तथा चुना, सुर्किले बनेको हुदा पुरातात्त्विक महत्वको समेत भएको हुदा तत्काल सुचिकृत गरि संरक्षण गर्न माग गर्दै पत्र बुझाईएको हो । ध्यानकर्षण पत्र बुझाउने क्रममा राप्रपाका नेताहरु सन्दिप कुमार सापकोटा , आशिष चौलागाईं , सरस्वति थिङ्ग , विशाल दंगाल लगायत पुगेका थिए ।

समाचार समाज