नवनिर्वाचित सांसद एकालाल श्रेष्ठले गरे सडक स्ल्याब शिलान्यास

हेटौँडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले हेटौँडामा सडक स्ल्याब ढलानको शिलान्यास गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ मा रहेको बरालटोलमा सांसद श्रेष्ठले स्ल्याब ढलानको शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै श्रेष्ठले निति निर्माणका काम सङ्गै भौतिक विकासले पनि तीव्रता पाउने बताए । शिक्षा, स्वास्थ्य, रोजगारी सङ्गै यस्ता भौतिक विकासले जनजीवनलाई सहज बनाउन सकिने उनको भनाई थियो ।

बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयको २५ लाख र जनश्रमदान गरी कुल २६ लाख ५० हजारमा सडक निर्माण हुने समितिका अध्यक्ष इस्वर बरालले जानकारी दिए ।-khabarbreak

राजनीति समाचार समाज