हेटौंडामा चक्कु प्रहारबाट एक जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडा-२ मानसचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा-५ सानोपोखराका दानीयल न्यौपाने रहेका छन् ।सोमबार दिउँसो दुई जना साथीबीच झगणा हुँदा न्यौपानेमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते न्यौपानेको सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।उनले चक्कु प्रहार गर्नेको परिचय खुलिसकेको र थप अनुसन्धान भइरहेको हुँदा परिचय खुलाउन नमिल्ने बताए ।

समाचार समाज