मोटरसाइकलको ट्यांकीमा राखेको २४ लाखसहित एक पक्राउ

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी भारतबाट नेपालतर्फ प्रदेश २-०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए । उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो ।

समाचार समाज