बलिउड अभिनेता विवेक ओवराय नेपालमा

बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन्। उनी बुधबार साँझ परिवारसहित काठमाडौं आइपुगेका हुन्। 

एक साता नेपालमा रहँदा उनले काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै सगरमाथा बेसक्याम्प, लुम्बिनी / पोखरालगायत स्थानमा भ्रमण गर्नेछन्।

 उनी केही कार्यक्रममा सहभागी हुने छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता रहेको भन्दै नेपाल आउन पाउँदा एकदमै खुशी भएको प्रतिक्रिया दिए।

विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्।

मनोरञ्जन समाचार