जिप दुर्घटना हुँदा ६ जना घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते  भएका छन्।घाइते हुनेहरूमा जिप चालक डोटीको जोरायल गाउँपालिका २ का बिष्णु भट्ट, बझाङ बुङ्गल नगरपालिकाकी  हर्का देवी धामी, सचिन धामी , मैनादेवि बोहरा ,  लालीदेवि कार्की र  धनसरा सिंह रहेका छन्।

गएराति धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जिप पुर्चौडी नगरपालिका ७ सुइलेकमा दुर्घटनामा परेको हो।  घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

समाचार समाज