भिमफेदी–९ मा बाख्रालाई कुडो पकाउने क्रममा थिङको घरमा आगलागी

हेटौंडा – मकवानपुरमा बाख्रालाई कुडो पकाउने क्रममा एक घरमा आगलागी भएको छ । मकवानपुर भिमफेदी गाउँपालिका–९ अघोर महाबिरडाँडास्थित स्थानीय अर्जुन बहादुर थिङको घरमा आगलागी भएको हो ।

थिङको टिनको छानोले बनेको एक तल्ले कच्ची घरमा बाख्रालाई कुडो पकाउने क्रममा एक्कासी घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट घरमा रहेको सुनको तिलहरी थान १, कानमा लगाउने ढुंग्री थान १ गरी २ तोला सुन, अन्नपात, लत्ताकपडा लगायत सामानहरू र घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् ।

प्रहरीका अुनसार आगलागीबाट आठ लाख बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट मानविय चौपाया क्षति नभएको र आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

समाचार समाज स्थानीय