लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः आमभञ्ज्याङ र विनयबाबु सेमीफाइनलमा

हेटौंडा । आमभञ्ज्याङ युवा क्लव र विनयबाबु स्मृति प्रतिष्ठान हेटौंडामा जारी २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा जित निकाल्दै आमभञ्ज्याङ र विनयबाबु प्रतिष्ठानले सेमीफाइनलमा स्थान बनाएका हुन् । सेमीफाइनल पुग्ने दुई टोलीको भने आज शुक्रबार हुने खेलबाट टुंगो लाग्नेछ ।

बसामाडी जेसीजको आयोजनामा शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ । हेटौंडाको हुप्रचौरमा जारी प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि करिब साढे २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।-prastakhabar

खेलकुद समाचार