लागूऔषध गाँजा सहित दूई जना पक्राउ

हेटौंडा – धादिङको धुनिबेशी नगरपालिका–७ नौबिसे बजारबाट लागूऔषध गाँजा सहित दूई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरुपालिका–१५ स्वयम्भु बस्ने २१ वर्षीय सर्जन देउला र २६ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पालुङबाट नौबिसेतर्फ आउँदै गरेको प्र.३–०३–०३ प ११८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार समाज