माओवादी केन्द्रको पदाधिकारी बैठक आज

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो।महासचिव देव गुरुङले बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए।माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ। उसले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नै अघि सारेको छ।

पाँचदलीय गठबन्धन कायम नै रहेको अवस्थामा सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका वेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो।

राजनीति समाचार